मंगलबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
तेजावी सुन पनि प्रतितोला तीन सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार सुन तीन सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया