Logo

सुन जस्तो देखिने पहेंलो धातु समेतको धनमाल सहित तीन जना पक्राउ



लमही नगरपालिका-९ अमिलियाबाट १ हजार ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद तथा अन्य धनमाल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सम्मान कुमार श्रेष्ठ, सोही उपमहानगरपालिका-१५ बस्ने २५ वर्षीय सुवाश श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका-९ देविनगर बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

 ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार सम्मानले लगाएको जुत्ताको तलुवामा लुकाई छिपाई राखेको ५ सय ग्रामका २ थान गरी जम्मा १ हजार ग्रामको उक्त बस्तु फेला पारी कारका चालक सुवाश श्रेष्ठ र कारमा सवार ती किशोरलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

साथै प्रहरीले सम्मानको साथबाट नेपाली ६० हजार रुपैयाँ, १ थान सुनको जस्तो देखिने सिक्री, १ थान मोबाइल, १ थान घडी  सुवाशको साथबाट नगद १२ हजार २ सय ५० रुपैयाँ, २ थान मोबाइल, १ थान घडी तथा किशोरको साथबाट नगद १ हजार १ सय २० रुपैयाँ र १ थान चाँदी जस्तो देखिने सिक्री समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  १ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।