Logo

अन्तर्राष्ट्रिय

चन्द्रमा उडेको नासाको स्याटलाइट सम्पर्कविहीन



काठमाडौं । चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन भएको छ । पृथ्वीको कक्षबाट छुटेर बाहिर गएपछि उक्त स्याटलाइट सम्पर्कविहीन भएको सीएनएनले बताएको छ ।

सीएनएनमा प्रकाशित समाचार अनुसार ‘क्युबस्याट’ नामको उक्त सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क’ को सम्पर्कबाट बाहिरिएको हो ।

नेभिगेसन एक्सेपेरिमेन्टका लागि प्रयोग भइरहेको यो स्याटलाइटसँग पुन: सम्पर्क गर्ने प्रयास भइरहेको नासाले जनाएको छ ।

यो स्याटलाइट सोमबार मात्रा पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको थियो । स्याटलाइट कक्षबाट बाहिरिएपछि भने सम्पर्कविहीन हुन पुगेको हो ।

अन्तरिक्षयान कक्षमा पुगेर स्याटलाइटलाई छोडेपछि स्याटलाइट सम्पर्कविहीन भएको नासाको भनाइ छ ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  २ : ४९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।