Logo

‘सुनबुकी फूल’ सार्वजनिक (भिडियो सहित)



हिन्दु महिलाहरु असल र चाहेको जस्तो पति पाउनको लागी व्रत बस्ने गर्छन । दक्षिण अफ्रिकामा राम्रो श्रीमान पाउनको लागी केटिहरुले कपाल मुण्डन गर्छन् । ईथोपिया र सोमालियाको केही ठाँउमा बोरान जातीमा केटीहरुमा विवाहपछि कपाल बढाउन मौका दिन्छन् । केटीहरुको विवाह पहिले नै कपालको सबै भाग मुन्डन नगरी कपालको एउटा ठूलो भाग खुइलाएर राख्छन् ।

यसरी कपाल खुइलाउँदा असल पति प्राप्त भई वैवाहिक जीवन सुखमय हुने विश्वास गरिन्छ । जब युवतीहरुको विवाह हुन्छ त्यसपछि कपाल बढाउनको लागि अनुमति पाउँछन् । यहाँका मानिसहरु आफ्नो शरीरमा रगतको कमी हुने अन्धविश्वासका कारण फोटो खिच्न मान्दैनन् । बोरोना समुदायका महिलाहरु यस्तो कडा नियमको पालना गरेका छन् ।

आफुलाई सुन्दर राख्नको लागी त्यहाको महिलाहरु बाख्राको छाला बाट बनेको परम्परागत कपडा लगाउछन् । यो समुदायमा पति घर आउन ढिलो भएमा घरमा कोही नपसुन भनेर अगाडि भाला गाडेर राख्छन् । 

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  १२ : ३९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।