Logo

फुटसल सञ्चालन गर्न माग 



नेपाल फुटसल व्यवसायी संघले बन्द रहेको फुटसल तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ । फुटसल व्यवसायीहरुको छाता संगठन फुटसल संघले लामो समयदेखि बन्द रहेको फुटसल  संचालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । कोरोनाको दोस्रो लहर आएसँगै फुटसल दुई महिना देखि बन्द रहेको छ । फुटसल अविलम्ब संचालनका लागि संघले प्रशासनमा ज्ञापनपत्र बुझाएको हो ।

फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल संचालनको लागि अनुमति दिन माग गरेको हो । “कोरोनाका दोस्रो लहरदेखि फुटसल बन्द छ । हामी फुटसलका लागि खेल संचालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरु पूर्ण प्रतिबद्दता ब्यक्त गर्दछौं । हामीहरुको फुटसल व्यवसाय अविलम्ब संचालनको प्राबध गरिदिन यो ध्यानाकर्षणको ज्ञापनपत्र बुझाएका छौँ । यसको माग सकरात्मक तरिकाले पूरा हुनेछ भन्ने हाम्रो आशा छ,” विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति : असार २३, २०७८ बिहीबार  ३ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।