Logo

साताको अन्तिम दिन नेप्सेमा केही सुधार, कारोबार रकममा भने छैन उत्साह



साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । यस साता निरन्तर ओरालो लागेको शेयर बजार अन्तिम दिन भने दोहोरो अंकले बढेको छ । 

बिहीबार शेयर बजार परिसूचक नेप्से २३ दशमलव ९७ अंकले बढेर २८२५ दशमलव ११ अंकको विन्दुमा बन्द भएको छ । शेयर बजार परिसूचक नेप्सेसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरुमा हरियाली छाएको छ ।  

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ८४ प्रतिशतले बढेर ५२९ दशमलव ६६ अंकको विन्दुमा बन्द भएको छ । 

बिहीबार २२३ कम्पनीको ५१ हजार ८६८ पटकको व्यापारमा एक करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयरको खरिदविक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

बिहीबार निफ्रा कै सर्वाधिक ३ हजार ७१ पटक कारोबार भएको छ भने कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेडको सर्वाधिक २१ करोड ५२ लाख ९१ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

गुहिएस्वरी मर्चेन्ट फाइनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ४७ प्रतिशतले बढ्दा ४७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर सर्वाधिक ३ दशमलव ६१ प्रतिशतले घटेर ८ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

दोहोरो अंकले बढेको बजारमा ११ समूहको परिसूचक बढ्दा बाँकी २ समूहको परिसूचक मात्र घटेको छ । अन्य र व्यापार समूहको परिसूचक ० दशमलव ५५ प्रतिशतले घटेको छ । 

बिहीबार पनि विकाश बैंक र फाइनान्स कम्पनीको समूहमा आकषर्ण देखिएको छ । वित्त समूहको परिसूचक ३ दशमलव ०९ प्रतिशतले बढ्दा विकाश बैंक समूहको परिसूचक २ दशमलव १२ प्रतिशतले बढेको छ । 

आजको बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख ३९ हजार ४५१ रुपैयाँ कायम भएको छ । 

० दशमलव ८६ प्रतिशतले बढेको बजारमा एक सय ५९ कम्पनीको शेयर मूल्य बढ्दा २० कम्पनीको शेयर मूल्य भने घटेको छ । बाँकी ४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।।

 

 

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ३ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।