यूनियन लाइफ इन्स्योरेन्सको आइपिओमा पहिलो दिन मै माग भन्दा धेरै आवेदन यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपिओ) मा पहिलो दिन मागभन्दा धेरै आवेदन परेको छ ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म उक्त आईपिओमा चार लाख ६१ हजार ३५६ आवेदकले ८२ लाख ४७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १ दशमलव ४२ गुणाले बढी हो ।
कम्पनीले असार २४ गते, बिहिबारदेखि १०० रुपैयाँ अंकित दरका कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ असार २४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
प्रतिक्रिया