Logo

उत्तर कोरिया किन लिइरहेको छैन भ्याक्सिन सहयोग?



सिओल
रूसले उत्तर कोरियामा कडा लकडाउनका कारण उत्पन्न खाद्य संकटका बीच फेरि एकपटक उसलाई कोरोना भ्याक्सिन सहयोग गर्ने प्रस्ताव गरेको छ ।
यसअघि पनि कतिपय मुलुकले उत्तर कोरियालाई भ्याक्सिनका साथै अन्य सहयोग गर्ने प्रस्ताव गरिसकेको छ । तर, उत्तर कोरियाले सबै प्रस्ताव अस्वीकार गरेर संक्रमण रोक्न आफ्नो नाका बन्द गरेको छ ।
तर, यसकारण चीनसँग भइरहेको व्यापारमाथि असर परेको छ । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनलगायतका लागि चीनमाथि निर्भर छ ।
उत्तर कोरियाका प्रमुख किम जोंग उन खाद्य संकटको सामना गर्नुपरिरहेको र स्थिति तनावपूर्ण रहेको स्वीकार गरेका छन् ।
गएको महिना उनले आफ्ना नागरिकलाई खराब परिणामको सामना गर्न तयार भएर बस्न भनेका थिए ।
अन्तर्राष्ट्रिय व्यापारिक प्रतिबन्धका कारण त्यहाँ खाद्यान्न आपूर्ति बढ्दै गइरहेको छ ।
रूसले यसअघि पनि उत्तर कोरियालाई ‘सबैजना अभूतपूर्व कडा र व्यापक प्रतिबन्धलाई सहन् नसक्ने’ बताएको थियो ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।