कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।
श्रीमान टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो ।
लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो ।
एकै परिवारका दुईको निधन भएसँगै गाउँमा त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेशनमा छन् ।
६ दिनअघि उनीहरूलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित दुबैजना होमआइसोलेशनमा थिए ।
मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ । परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया