कोरोना भाइरसविरुद्धको खोप भोरोसेलको पहिलो खेप नेपाल आइपुगेको छ ।
चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो खेप शुक्रबार बिहान आइपुगेको हो ।
नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज पहिलो खेप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
खोप ल्याउन चालकदलका १२ सदस्य बिहीबार चीनतर्फ गएका थिए।
नेपाल आइपुगेको खोप तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ ।
वाइडबडीले पहिलो खेपमा ८ लाख भेरोसेल खोप ल्याएको छ ।
दोस्रो खेपको खोप ल्याउन असार ३१ गते वाइडबडी पुनः बेइजिङ पुगेर साउन १ गते काठमाडौं फर्कने बताइएको छ । त्यसपछि साउन ७ गते पुनः नेपालबाट गएर ८ गते खोप ल्याउने छ ।
६० वर्ष मुनि उमेर समूहलाई प्राथमिकताको आधार खोप दिने सरकारले तयारी गरेको छ ।
चीनको सिनोफार्म कम्पनीबाट खोप गरिद गर्न सरकार–सरकार खरिद सम्झौता भएको छ ।
प्रतिक्रिया