Logo

रामोस औपचारिक रुपमा पीएसजीमा



रियल म्याड्रिड छोडेका स्पेनिस डिफेन्डर सर्जियो रामोस लिग वान क्लब पेरिस सेन्ट जर्मैइन (पीएसजी) मा औपचारिक रुपमा आवद्ध भएको क्लबले जनाएको छ । ३५ वर्षीय रामोससँग क्लबले दुई वर्षे सम्झौता गरेको हो ।

सफल डिफेन्डर रामोसले विश्वकप, युरोकप, फिफा क्लब विश्वकप युईएफए च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, कोपा डे रेलगायत सबैखाले प्रमुख उपाधि जितिसकेका छन् । पीएसजीका अध्यक्ष नसिर अल खेलाईफीले एक महान खेलाडीलाई टीममा आबद्ध गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘एक महान खेलाडी सजिर्यो रामोस हाम्रो क्लबमा आवद्ध भए भनेर घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’

सेभियाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका रामोसले सन् २००५ यता पछिल्ला १६ वर्ष रियलमा बिताएका थिए । रियलसँगको सम्झौता यसै सिजन टुंगिएपछि उनले फ्रि एजेन्टका रुपमा क्लब छाडेका थिए । रामोसले पनि पीएसजीबाट खेल्न पाउँदा आफूलाई गर्व लागेको बताए । उनले भने, ‘पीएसजीसँग आवद्ध हुन पाउनु गर्वको कुरा हो । अब क्लबलाई धेरैभन्दा धेरै उपाधि जिताउन प्रयास गर्नै छु ।’

 

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  १० : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।