Logo

राजनीति

साझा उम्मेद्वार खोज्‍न पौडेल समूहका सभापतिका आकांक्षीहरुको बैठक सुरु 



नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्‍नका लागि पौडेल सूमहको बैठक सुरु भएको छ । नयाँ बानेश्‍वरस्थित अनुपम फुडल्यान्डमा सभापति देउवालाई पराजित गर्नका लागि साझा उम्मेद्वार आवश्यक भएको निष्कर्ष निकाल्दै सभापतिका आकांक्षीहरुको बैठक सुरु भएको हो । 

बैठकमा कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामा पनि बैठकमा सहभागी भएका छन् । पौडेल समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरु अर्जुननरसिंह केसी र डा. रामशरण महत, नेताहरु शेखर कोइराला र सुजाता कोइराला बैठकमा सहभागी भएका छन् । 

संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति निधिले उम्मेद्वारी दिने बताइरहेका छन् । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । 

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १७:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।