Logo

सरकार परिवर्तनको परमादेशसँगै नप्सेमा पहिरो, कारोबार झन्डै १० अर्बको



साताको पहिलो दिन करिब ७४ अंकले बढेको बजार दोस्रो दिन भने घटेको छ । यस साताको सुरुवातदेखि बजार पुरानो (बुल) लयमा फर्किएको अनुमान गर्दै गर्दा संसद् पुन:स्थापनाको खबर आए लगत्तै नेप्से निरन्तर ओरालो लागेको छ । 

सोमबार शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ९८ अंकले घटेर २८५४ दशमलव ८४ अंकको विन्दुमा बन्द भएको छ । नेप्से घट्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरु रातम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव ५८ प्रतिशतले ओरालो लाग्दै ५३४ दशमलव ८५ अंकको विन्दुमा बन्द भएको छ । 

सोमबार २ सय २९ कम्पनीको ९२ हजार १९२ पटकको व्यापारमा २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयरको खरिदविक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२६ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको छ । 

आज निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको सर्वाधिक ४७ करोड २६ लाख ५२ हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा एनआइशी एशीया बैंकको ३४ करोड ९१ लाख ५९ हजार ९३० रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज समृद्धि फाइनान्स कम्पनीको शेयर सर्वाधिक ५ दशमलव २४ प्रतिशतले बढेर ४४२ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ । यस्तै यूनियन हाइड्रो पावरको शेयर सर्वाधिक ५ दशमलव ३३ प्रतिशतले घटेर प्रतिकित्ता ३५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

दाहोरो अंकले घटेको बजारमा १२ उप समूहको परिसूचक घट्दा सामूहिक लगानी कोष समूहको परिसूचक मात्र बढेको छ । सामूहिक लगानी कोष सामान्य ० दशमलव १३ प्रतिशतले बढेको छ । 

होट्ल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ०३ प्रतिशतले घटेको छ । विकास बैंक, जलविद्युत र लगानी समूहको परिसूचक २ दशमलव २ प्रतिशत भन्दा धेरैले घट्दा बाँकी समूहको परिसूचक औसत एक प्रतिशत भन्दा धेरैले घटेका छन् । 

४० खर्ब माथि रहेको नेप्सेको बजार पूँजीकरण सोमबारको घटाईसँगै घटेर ३९ खर्ब ७१ अर्ब २ करोड ४० लाख ९२ हजार २७६ रुपैयाँ कायम भएको छ । 

१ दशमलव ५५ प्रतिशतले घटेको बजारमा १० कम्पनीको शेयर मूल्य बढ्दा एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।