मोरङ : सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका-३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया