युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपिओ) मा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीको आईपीओ २१ लाख भन्दा बढी आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज अन्तिम दिन २१ लाख ७२ हजार ८ सय ६८ आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.८५ गुणा बढी आवेदन हो ।
अहिलेसम्मको तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता शेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।
कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
प्रतिक्रिया