Logo

समाचार

सर्वोच्चको फैसलाको स्वागत गर्दै कांग्रेसद्वारा कञ्चनपुरको कृष्णपुरमा दीप प्रज्जवलन



सर्वोच्च अदालतले सोमबार गरेको संसद पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जारी गरेको परमादेशको स्वागत गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित गुलरियामा दीप प्रज्जवलन गरिएको छ । 

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्जवलन गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले जानकारी दिएका छन् । उनले सर्वोच्च अदालको उक्त फैसलाले संविधान र लोकतन्त्रलाई जोगाउनका लागि महतवपूर्ण भूमिका खेलेको बताएका छन् । 

उनले भने, “सर्वोच्च अदालतले सरकारको लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पार्ने दोस्रो योजनालाई विफल बनाउँदै सर्वसत्तावादलाई रोक्ने काम गरेको छ । अब सबैलाई मिलाएर मुलुकले झेलिरहेको महामारी र अन्य संकटको सामना गर्ने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ ।”

यस अवसरलाई सही सदुपयोग गर्नुपर्नेसमेत उनले बताएका छन् । दीप प्रज्जवलन कार्यक्रमलाई कांग्रेस नेता रतन साउँदले सम्बोधन गरेका थिए । उनले मुलुकमा हरेक संकट पर्दा कांग्रेसले नै अग्रसरता लिएको स्मरण गर्दै अहिलेको संकट टार्न पनि कांग्रेस सफल भएको बताएका छन् । 

उक्त दीप प्रज्जवलन कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य दील देउवा, स्थानीय नेताहरु मदन नेपाली, दिनेश भट्ट, सुरेश रावल, विद्यार्थी नेताहरु गणेश भण्डारी, महेश भट्ट, मुकेश पाठक, बलि महरा, चेतराज धिक्तलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ८ : ३५ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।