Logo

महान्यायाधिवक्ताबाट रमेश बडालको राजीनामा



महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा दिएका हुन् ।

उनलाई मंगलबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयले बिदाइ गर्दैछ । उनी गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

 

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  १२ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।