Logo

काठमाडौं उपत्यकामा निषेघाज्ञा १० दिनका लागि थप, के-के छन् नयाँ व्यवस्था ?



काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा थप गरेको छ ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ ।

विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको हो ।

nisedhagya.jpg

nisedhagya-1.jpg

nisedhagya-3.jpg

प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार  ४ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।