कैलाली । गोदावरी नगरपालिका-६ बडैँया बस्ने बिरे घर्तीकी छोरी १८ वर्षीया आरती घर्तीको सोही ठाउँस्थित गैरे देवी खोलाले बगाउँदा बिहीबार दिउँसो मृत्यु भएको छ । आरती र सोही ठाउँ बस्ने जङ्गे धर्तीकी छोरी १७ वर्षीया सिता घर्ती उक्त खोलामा नुहाउने क्रममा खोलाले बगाएर आरती बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा खोजी गर्न क्रममा घट्नास्थलदेखि करिब ६ मिटर टाढा आरतीको शव फेला परेको हो ।
त्यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-५ पर्सापतैली बस्ने अमृष कापरको छोरा ४ वर्षीय आरुष कापर आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा रहेको पोखरीमा डुबेर बिहीबार राति मृत्यु भएको छ । बिहीबार साँझदेखि आफ्नै घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबी रहेको अवस्थामा फेला पारी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेकोमा उपचारको क्रममा आरुषको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया