Logo

समाचार

विश्व हिन्दु महासंघविरुद्ध फेरि अख्तियार र सीडीओ कार्यालयमा उजुरी



विश्वका हिन्दुहरुको हक अधिकारको संरक्षण, सनातन धर्मको रक्षा तथा सनातन धर्म मान्‍नेहरुलाई एकताबद्ध बनाइ राख्‍ने उद्देश्यको नारा बोकेर स्थापित विश्व हिन्दु महासंघविरुद्ध फेरि उजुरी परेको छ । महासंघको नेतृत्व तहमा रहेका पदाधिकारीहरुको क्रियाकलापका कारण विवादमा तानिएको छ । 

महासंघमा विधि, विधान, नीति तथा उद्देश्य केही नमानेको र पदीय दायित्व विपरीत आर्थिक घोटाला गरिएको भन्दै महासंघविरुद्ध अख्तियारमा लगातार निवेदन पर्न थालेका छन् । पछिल्लो पटक शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकसाथ उजुरी परेको छ । 

अख्तियार स्रोतका अनुसार शुक्रबार आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय भन्दै समाजमा भ्रम फैलाएर आजिवन सदस्यताका नाममा प्रतिव्यक्ति ५ हजार र राष्ट्रिय समितिका नाममा २ हजार ५ सयका दरले रकम उठाएर दुरुपयोग गरेको आरोपसहितको पत्र दायर भएको छ । 

संघसंस्था दर्ता ऐन २०३४ बमोजिम विश्व हिन्दु महासंघका नाममा दर्ता भएको संस्थाले अन्तराष्ट्रिय भनेर भ्रम छर्न नहुने जिकिर उजुरीमा गरिएको छ । 

महासंघको विधानमै महासभाको बैठक प्रत्येक पाँच वर्षमा २ पटक बस्‍ने उल्लेख भए पनि चार वर्षसम्म एक पटक पनि नराखिएको, निमित्तका भरमा अवैधानिक तरिकाले महासंघ चलाईएको, महासंघको महासभा तथा महाधिवेशनमा हुनु पर्ने गणपुरक संख्या बहुमत नभइ आफूखुसी तोकिएको लगायतका आरोपहरु लगाइएको छ । 

अख्तियारमा ८-०००१७४ दर्ता नम्बरमा उजुरी परेको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नं. १–२०७८/०४/०१ उजुरी दर्ता भएको पाइएको छ । 

यसअघि पनि महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

उजुरी पत्र

No description available.No description available.No description available.

याे पनि

विश्व हिन्दु महासंघकी महासचिव भण्डारीले आजीवन सदस्यताको नाममा ३६ जनालाई ठगी गरेको आरोप 

विश्‍व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी

अख्तियारमा अनुसन्धानको दायरमा रहेकी महासचिव भण्डारी भारत प्रस्थान 

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ६ : ४५ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।