Logo

 म्यानमारमा ७५ बालबालिकाको मृत्यु एक हजारभन्दा बढी पक्राउ : राष्ट्र संघ



संयुक्त राष्ट्र संघले म्यानमामा सैन्य कू भएपछि दर्जनौ बालबालिकाको मृत्यु भएको र सयौं बालबालिकालाई नियन्त्रणमा लिइएको जनाइएको छ । फेब्रअरी १ मा भएको सैंन्य कूको विरोधमा सडकमा निस्किएका बालबालिकाहरुको सेनाको गोली लागेर मृत्यु भएको छ भने एक हजारभन्दा बढीलाई सेनाले नियन्त्रणमा लिएको छ । 

करिब पाँच महिनाअघि देखि सुरु भएको सैन्य कूपछि कूको विरोधमा भएका झडपका क्रममा ७५ बालबालिकाको मृत्यु भएको र एक हजारभन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्र संघीय बालअधिकार समितिले जनाएको छ ।

समितिका अध्यक्ष मिकिको ओटानीले म्यानमारमा भएको राजनीतिक अस्थिरता र सैन्य शासनका काराण बालबालिकाले ठूलो समस्याको सामना गर्नुपरेको बताएका छन् । सैन्य कूपछि म्यानमारका जनताहरु प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका थिए । उनीहरुले निर्वाचित सरकार पुनस्र्थापनाको माग गरिरहेका छन् । 

यस क्रममा बालबालिकामाथि विभेदकारी हिंसा, जथाभावी गोली प्रहार, गैरकानुनी हिरासतमा राख्ने काम भइरहेको जनाइएको छ । यस्तो काम तत्काल रोक्न पनि सैनिक सत्तालाई आग्रह गरिएको छ । – अलजजिरा

प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार  ८ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।