Logo

समाचार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सुनसरी । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते उक्त मुद्दामा उनलाई २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि कार्की फरार रहेका थिए । 

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  १२ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।