Logo

अन्तर्राष्ट्रिय

रुस युक्रेन युद्धः सन्तानले बारबार सोध्छन् अभिभावकलाई युद्धबारे प्रश्न



रुसले हमला गरेपछि युक्रेनीहरूले अचानक नयाँ वास्तविकताको सामना गर्न बाध्य हुनुपर्यो । यसबीच धेरै अभिभावकहरू बच्चाहरूलाई युद्ध के हो ? किन भइरहेको छ ? भनेर कसरी सम्झाउने भनेर समस्यामा छन् ।

युद्ध सुरु हुनु अगाडि एन्टोन एलिन आफ्नो नयाँ किताब लन्च गर्ने तयारीमा थिए । तर, अहिले उनी आफ्नी पत्नी र तीन वर्षीय छोरासँग किभको बङ्करमा लुकेर बसिरहेका छन् ।

उनीहरू एक २४ तले अपार्टमेन्ट भवनको अन्डरग्राउन्ड पार्किङमा बसिरहेका छन् । जहाँ सयौँ मानिसहरू भुइँमा सुतिरहेका छन् । त्यहाँ अत्यन्तै चिसो छ र उनलाई आफ्नो छोराको सबैभन्दा बढी चिन्ता छ । उनीहरूले छोरालाई भुलाएर राख्न र शान्त पार्नलाई घरबाट खेलाउना र ट्याबलेट ल्याइदिएका छन् । एन्टोनकाअनुसार छोराले अहिलेको अवस्थाबारे एकदम धेरै प्रश्न गर्छन् । त्यसैले पनि उनीहरूलाई छोराको मानसिकताबारे धेरै चिन्ता छ ।

अघिल्लो दिन मात्र उनकी पत्नी केही समयका लागि बाहिर जाँदा छोराले ‘ममी उनीहरूले तपाईंलाई गोली हाने ? भनेर सोधेका थिए यसपछि जवाफामा एन्टोनकी पत्नीले ‘होइन छोरा’ भनिन् । यसपछि उनले फेरि अर्को प्रश्न गरे, “के उनीहरूले मलाई देखे भने गोली चलाएर मार्छन् ? मलाई ब्याङ ब्याङ मन पर्दैन ।”

एन्टोनकाअनुसार अहिले अधिकांश अभिभावकहरूले आफ्नो बच्चाको नाम, घरको ठेगाना र ब्लड ग्रुप तिनको लुगामा सिलाइदिएका छन् ताकि अभिभावकबाट केहीगरी छुट्टिए भनेपनि पछि पत्ता लागोस् भनेर । युद्धको ‘ट्रमा’ बाट बच्चाहरूलाई कसरी जोगाउने भनेर यतिबेला सबै अभिभावक एकअर्कासँग छलफल गरिरहेका छन् ।

एन्टोन भन्छन्, “केही अभिभावकहरूले आफ्ना बच्चालाई ‘यो केवल गेम मात्र हो’ भनेर सम्झाइरहेका छन् । तर हामीले चाहिँ छोरालाई नम्र तरिकाले सत्य बताउने कोशिश गरिरहेका छौँ । तीन वर्षको बच्चाले सम्हाल्न सक्ने, बुझ्न सक्ने किसिमले बताइरहेका छौँ । हामीले उसलाई ‘खराब सेनाहरूले हमला गरिरहेका छन् । तर, हामीसँग राम्रा सेना छन् जसले युक्रेनको झन्डा लगाएका हुन्छन् । उनीहरूले हामीलाई सुरक्षित राख्छन् त्यसैले तिमीले चिन्ता लिनुपर्दैन भनेर बुझाउन खोजेका छौँ ।”

एन्टोनका छोरामा अहिलेसम्म युद्धबाट नराम्ररी प्रभावित मनस्थितिको कुनै संकेत छैन । तर उनका साथीहरूले बनाएका चित्रले चाहिँ बच्चाहरूमा युद्धले पारेको असर प्रष्ट देखिन्छ ।

यसमा धेरै अभिभावकहरू आफ्ना बच्चाका नर्सरी स्टाफसँग सम्पर्कमा रहिरहेको पनि एन्टोन बताउँछन् । त्यहाँ उनीहरूले विभिन्न सुझाव आदन प्रदान गर्ने गरेका छन् ।

यहाँसम्मकि बालबालिकालाई अहिलेको अवस्थामा ठूलो मान्छेले मुख छाड्नु वा खराब कुरा बोल्नु किन ठिकै हो । तर सामान्य जीवनमा चाहिँ उचित होइन भनेर बुझाउने भिडियो नै बनाइएको थियो । एन्टोनकाअनुसार मानिसहरू जताततै मुख छाडिरहेको सुन्न सकिन्छ जसकारण नै यो विषयमा छलफल गर्न जरुरी भइसकेको थियो ।

यसैगरी अहिलेको अवस्थामा आफूहरूले बच्चालाई व्यस्त राख्न उसलाई अरु बेला भन्दा धेरै कार्टुन हेर्न दिइरहेको र चकलेट पनि अरू समयको भन्दा धेरै खान दिइरहेको एन्टोनले बताए । बाहिर के भइरहेको छ भन्नेमा बच्चाको धेरै ध्यान नजाओस् भनेर आफूहरूले त्यस्तो तरिका अपनाएको उनको भनाइ छ ।

तर, सुरक्षाको विषयमा चाहिँ आफूहरू एकदम कडा बन्नुपर्ने पनि उनले बताए । साइकोलोजिस्टहरूले सबै अभिभावकलाई विशेषगरी यो कठिन समयमा बच्चासँग एकदम नम्र व्यवहार गर्न सुझाव दिएका छन् र अरू बेला भन्दा बढी माया देखाउन पनि भनेका छन् ।

यस्तोमा आफ्नो तीन वर्षीय छोराले सुरक्षा सम्बन्धी नियमहरू छिटै सिकेको एन्टोन बताउँछन् ।

उनले भने, “साइरेन बज्ने बित्तिकै भाग्नुपर्छ भन्ने उसले थाहा पाइसकेको छ । यो स्थिति सामान्य भन्दा फरक हो भन्ने पनि उसले बुझेको छ । उसले जे गरेर बसिरहेको भएपनि ‘भाग’ भन्ने शब्द सुन्नासाथ ऊ सबै छाडेर भाग्न सक्ने भएको छ । यस्तो देख्दा कहिलेकाहिँ त हामीलाई पनि अचम्म लाग्छ । किनकी यो बेलामा बच्चाहरूले भनेको मान्नुपर्छ भन्ने राम्ररी बुझिसकेका छन् ।”

त्यस्तै नजिककी सीमानातर्फ बच्चा लिएर भागिरहेकाहरूले पनि उत्तिकै संघर्ष गर्नु परिरहेको छ ।

राजधानी किभमा बस्दै आएकी एक वैज्ञानिक हाना, आफ्ना ८ र २ वर्षका छोरा लिएर पोल्यान्ड भागेकी छन् । त्यहाँसम्मको यात्रामा उनीहरूले दिनहुँ विस्फोटनको आवाज सुन्नुपर्यो भने जताततै सीसा झरेको, मानिसहरू चिच्याएको जस्ता भयावह दृश्य देख्नुप¥यो । यसरी वास्तविकता र बच्चाको दिमागले कतिसम्म लिन सक्छ भन्नेबीच सन्तुलन मिलाउर्न अत्यन्तै कठिन भएको उनी बताउँछिन् ।

उनले भनिन्, “मलाई आमाको भूमिका निर्वाह गर्न अहिले जति चुनौतीमय कहिल्यै महसुस भएन । म उनीहरूलाई सत्य कुरा बताउन चाहन्थेँ तर साथै उनीहरूलाई धेरै डर देखाउन वा तर्साउन पनि मन थिएन । यसकारण मैले बारम्बार हामीमाथि हमला भइरहेको छ । तर अहिले हामी सुरक्षित छौँ मात्र भनिरहेँ । तर यस्तो जोखिमपूर्ण यात्रा गर्दा उनीहरूले मेरो कुरा मान्नैपर्ने हुन्छ । र कहिलेकाहिँ मसँग व्याख्या गर्ने, सम्झाउने, बुझाउने समय नहुँदा उनीहरलाई अगाडि बढाउन एकदम कठिन हुने गर्दथ्यो । सामान्य अवस्थामा म उनीहरूलाई नम्र तरिकाले यो गर त्यो नगर भन्थ्येँ तर अहिले आदेश दिए जसरी बोल्नु परिरहेको छ ।”

केही समय किभमै बसिरहेको भएपनि आफ्ना बच्चाहरूले अब बमबारी सुन्नु नपरोस् भनेरै उनले देश छाडेर जाने निर्णय गरेकी थिइन् । यसमा उनका छोराहरूले पनि एकदम कठिन निर्णय लिनुप¥यो । हानाले उनीहरूलाई आफूसँग भएका मध्येमा एउटा मात्र खेलाउना बोक्न भनेकी थिइन् ।

उनी भन्छिन्, “यसमा साना बच्चा होस् या ठूलो मान्छे, दुवैले आफ्नो तरिकामा जीवनकै कठिन निर्णय लिनुपरिरहेको थियो । कसैका लागि पनि यो समय सजिलो थिएन ।”

यसरी ५२ घण्टाको लगातार यात्रापछि उनीहरू पोल्यान्ड पुगे । उनका पति आधा यात्रासम्म सँगै थिए तर पछि रुसविरुद्ध लड्नका लागि फर्किनुपरेको उनी बताउँछिन् ।

अहिले सुरक्षित स्थानमा पुगिसकेपछि पनि आफ्ना छोराहरूले एकदम धेरै प्रश्न सोध्ने गरेको हाना बताउँछिन् । उनीहरूले विशेषगरी हजुरबुवाआमाका बारेमा अनि आफ्ना पिताका बारेमा प्रश्न गर्ने गरेको उनले बताइन् ।

उनीहरूले दिनदिनै आफूलाई, ‘बुवा किन अचानक फर्किनुप¥यो ?, उहाँ ठिक हुनुहुन्छ कि हुनुहुन्न ?, जीवित हुनुहुन्छ नि ?, कतै केही भएको त छैन नि ?, हात खुट्टा सबै ठिक छ नि ? जस्ता हृदयविदारक प्रश्न सोध्ने गरेको हाना बताउँछिन् ।

बुवालाई धेरै चोट लाग्ला भन्नेबारे उनीहरू सबैभन्दा बढी चिन्तत रहेको उनले बताइन् ।

यस्तोमा हानाले उनीहरूलाई सकेसम्म वर्तमानमा बाँच्ने प्रयास गर्न भन्ने गरेकी छन् र सबै राम्रो छ, हामी सुरक्षित छौँ भनेर सम्झाइरहने गरेको बताइन् ।

यता इरिनाका दुई वर्षीय छोरालाई चाहिँ उनले अहिले केही नबताउने निर्णय गरेकी छन् । इर्पिनको एक बम सेल्टरमा तीन रात गुजारेपछि उनीहरू पश्चिम युक्रेनतर्फ भागेका थिए । यसमा उनले छोरा सबैकुरा बुझ्न धेरै सानो भएकाले उसलाई साथीकहाँ जान लागेको भन्दै फकाएर लगेको उनले बताइन् ।

उनी भन्छिन्, “मैले उसलाई यो युद्ध हो भनिनँ । पहिलो कुरा त मैले भन्नै सकिनँ र मलाई भन्नुपर्छ जस्तो पनि लागेन किनकि ऊ धेरै सानो छ र यसले अवस्था अझ खराब बनाइदिन सक्छ जस्तो लाग्यो ।”

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  १ : १६ बजे