Logo

समाचार

विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु  



काठमाडौं । मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीको पैनीमा डुबेर बिहीबार मृत्यु भएको छ । 

डुबेर असक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ । 

सखुवान्नाकट्टी गाउँपालिका–२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो । सुनसरीको बर्जु गाउँपालिका–६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ । 

सोही ठाउँस्थित भैँसी चराउने क्रममा बुढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  १ : ३४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।