Logo

समाचार

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 



सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो । 

साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  १ : ४० बजे