Logo

समाचार

महोत्तरी प्रहरी कार्यालयमा उजुरीको चाङ, पीडित न्यायको पर्खाइमा



महोत्तरी । महोत्तरीमा विभिन्न घटनामा सम्बन्धित ४ हजार ५ सय ४६ वटा निवेदन परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा परेका उक्त मुद्दा मध्ये ११ वटा मुद्दा  दर्ता भएका छन् भने ४ हजार ३ सय ३४ वटा मुद्दा  फर्छ्यौट भएका छन् ।

२०१ मुद्दाको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सिधा मुद्दा  भने ७ सय ४५ वटा  दर्ता भएका छन् । उक्त मुद्दा मध्ये ४९३ वटा फर्स्यौट भएका छन्, बाँकी २५२ मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

७४५ वटा मुद्दामा किटानी जाहेरी दिएका ६०८ जना पक्राउ परेका छन् । यसमध्ये २०९ जनालाई पुर्पक्षका लागी थुनामा राखिएको छ । ३५१ जना धरौटीमा छुटेका छन् । सात जनाको उमेरको कारणले अभिभावकको जिम्मा लगाइएको प्रहरीको वार्षिक तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी ५ जनालाई साधारण तारेखमा छाडिएको छ भने ३६ जना भने अनुसन्धानको क्रममा छन् । फैसला कार्यान्वयनअन्तर्गत ३०२ जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३८ लाख ९६ हजार ९ सय ४८ जरिवाना असुल गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ घरेलु हिंसाका घटनामा पनि अधिक उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४५५ वटा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४५५ घटनामध्ये २६९ वटा फर्स्यौट भएका छन् भने वाकी ६९ वटा फर्स्यौट हुन वाकी छन् । यही घटनासँग जोडिएका ११७ वटा उजुरी भने अन्य निकायमा पठाइएको प्रहरीको तथ्यांक छ । जबरजस्ती करणीमा समेत २२ मुद्दा  दर्ता भएका छन् । मुद्दामा जाहेरी दिएका ८५ जना पुरुष र ८ जना महिला छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ६ : ५७ बजे