Logo

मृतावस्थामा दुई गैँडा फेला



चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृत अवस्थामा फेलापरेका छन् ।  ती मध्ये एउटा बुढो र अर्को बच्चा  छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।  

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुबै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२  गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए । 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  १२ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।