संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा योगदान गर्ने नेपाल दोस्रो ठूलो बनेको छ ।
नेपालले शान्ति मिसनका लागि पाँच हजार ५७१ सेना परिचालन गरेको छ । जसमा २९४ नेपाली महिलना सैनिकहरु पनि रहेका छन् । सन् २०२१ को जुनमा नेपाल विश्वका शान्ति मिसनमा योगदान गर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा रहेको थियो ।
सन् २०२० को जनवरी १ मा नेपाल चौथो ठूलो मुलुक थियो । त्यस समय पाँच हजार ६५८ सेनाहरु विभिन्न १२ वटा मुलुकहरुमा परिचालित थिए ।
पहिलो पटक सन् १९५८ मा नेपालले विभिन्न ४० वटा मुलुकहरुका लागि शान्ति मिसन सुरु गरेको थियो । लेबनान, कंगो, दक्षिण सुडान, इराक, मालीलगायतका मुलुकहरुमा हालसम्म एक लाख ३५ हजारभन्दा बढी नेपाली सेनाहरुले सेवा गरिसकेका छन् ।
शान्ति मिसनका क्रममा हालसम्म ७० जना नेपाली सेनाले विभिन्न मुलुकमा शान्ति कायम गर्ने क्रममा बलिदानी दिएका छन् ।
Great news! #Nepal🇳🇵is now the 2nd largest Troops Contributing Country in the🌍in UN Peacekeeping with a contribution of 5571 troops including 294 female peacekeepers. @MofaNepal @NepalUNNY @NaSpokesperson @UNRCPD @PaudyalBR pic.twitter.com/OOJVFXjGFx
— UN Country Team Nepal (@UN_Nepal) July 19, 2021
प्रतिक्रिया