Logo

समाचार

दिनेशको सुसाइड नाेट : श्रीमती र माइतीले सम्पत्ति कब्जा गरेर सिध्याउन खोजेपछि गम्भीर कदम उठाएँ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीका सोमबार बिहान एकै परिवारका चार जनाको सव फेला प¥यो । मृतावस्थामा भेटिनेमा गोरखाको भीमसेन थापा गाउँपालिका ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिकी र छोरा ८ वर्षका आशिक थिए ।

सुरुमा छिमेकीले उक्त घटनबारे थाहा पाएपछि प्रहरीलाई खबर गरे । त्यसपछि घटनास्थल पुगेको प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानमार्फत पारिवारिक विवादले ४ जनाको विभत्स हत्या हुन पुगेको अनुमान गरेको छ । अनुसन्धानका क्रममा घटनास्थलमा दिनेशले खेलेका सुसाइड नोटसमेत फेला परेको छ । महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानका क्रममा दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको हो ।

नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार उक्त सुसाइड नोटमा दिनेशले यो घटनामा प्रमुख दोषीका पत्नी सुनिताका माइतीलाई उभ्याएका छन् । आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिध्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन् ।

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुस्ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा भनेका छन्, ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे । श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ ।’

दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन् । ‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ’, उनले नोटमा भनेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिन जान यो कठोर कदम चाल्नु परेको हो।’ उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन् । सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन् ।

पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन् ।

याे पनि

काभ्रेस्थली घटना : पोष्टमार्टमका लागि प्रहरीले उठायो चारै जनाको शव

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ७ : १७ बजे