बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् तथा चर्चित व्यापारी राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार राती पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।
यस मामिलामा पुलिसले विभिन्न ठाउँमा छापा मारेर पहिले यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल प्रमाणको आधारमा कुन्द्रालाई पक्राउ गरिएको हो ।
मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो । राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।
प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् । इमेलको माध्यामबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे । त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ ।
प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ । कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया