Logo

५०/५० ग्रामको १/१ थान सुनको बाला लुटपाट 



काठमाडौं मित्रपार्कस्थित मानसरोबर होटलमा बस्नका लागि बा.२ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०/५० ग्रामको १/१ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ । कतारबाट आई होटल अगाडि पुगेका उनीहरुलाई हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्योु भन्दै बाला लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-२८ ज्ञानेश्वरस्थित सडकमा बैदेशिक रोजगारीबाट फर्केका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ । भाइ नाता पर्नेसँग बा.९२ प.३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लुटपाट गरी फरार भएको बताइएको छ । 

लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा गप आवश्यक  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  २ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।