Logo

प्रमुख समाचार

नेविसंघ रामपुर क्याम्पस इकाईद्वारा रामपुर क्याम्पस र कीर्तिपुर डिनको कार्यालयमा तालाबन्दी



काठमाडौं, साउन १७ गते । नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदीलाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफूखुसी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ ।
यसै सन्दर्भमा विद्यार्थी वर्गले उठाएको सही मुद्धालाई हस्तक्षेप गर्न क्याम्पस प्रमुख मिलन सुवेदीले अखिल क्रान्तिकारीको स्थानीय गुण्डाहरू प्रयोगमा ल्याएको नेविसंघ रामपुर क्याम्पसका इकाई सचिव आशिष देबकोटाले जानकारी दिएका छन् ।
विद्यार्थीहरूको मुताबिक विद्यार्थीको जायज आवाजलाई दबाउन स्वयम् क्याम्पस प्रमुखद्धारा विधार्थीलाई डर, त्रास र असुरक्षित महसुस हुने कार्य गराएको आरोप लगाएका छन् ।

अखिल क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले अनावश्यक रूपमा नगर प्रमुख माथि आँच आउने खालका नेविसंघलाई मेयरको उक्साहटमा उचालेर आन्दोलन गरेको जस्ता अभिव्यक्ति आएका थिए ।

देवकोटाका अनुसार नेविसंघले रामपुर कृषि क्याम्पस प्रशासनिक भवन र डिन कार्यालय अनिश्चितकालीन तालाबन्दी गरेको बेला आवेसमा आएर अखिल क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले खैरनी नगरभित्रका पब्लिक ,निमावि र माध्यमिक विद्यालय तालाबन्दी गर्नु लाजमर्दो र घृणित कार्य भएको बताए । क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले अनावश्यक रूपमा नेविसंघ सभापति सुरज यादवलाई मिलन सुबेदीको निर्देशनमा ओम थपलिया, बिराज उप्रेती, प्रमोद गौतम लगायतका स्थानिय गुण्डाद्वारा ताल्चा लगाउन दबाब दिएको र ताल्चा नलगाएमा नराम्रो हुने धम्की बारम्बार दिएको कुरा सार्वजनिक भएको छ ।

क्याम्पस प्रमुखले गरेको यस निन्दनीय कार्य प्रति सम्पूर्ण नेविसंघ परिवारले घोर भर्त्सना गर्दै अन्य विद्यार्थी संगठनलाई समेत यस कुराको विरोध गर्न सभापति सुरज यादव र सचिव आशिष देवकोटाले अपिल गरेका छन् ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ११ : ०२ बजे

528
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।