Logo

पहिरोको कारण विभिन्न धनमाल नष्ट तथा सडक अवरोध   



भोजपुर : षडानन्द नगरपालिका-१० मझुवामा अबिरल बर्षाको कारण सोमबार दिउँसो पहिरो जाँदा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्द्र कुमार तामाङ लगायत ५ जनाको घर तथा बिभिन्न बालिनाली समेत गरी करिब १९ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय साङ्पाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा  जोखिममा रहेका घरहरुको सामान सुरक्षित स्थानमा सारेको छ । साथै सोही ठाउँस्थित मझुवाको सिरानबाट गएको करिब १ हजार ५ सय मिटर लामो पहिरो जाँदा दिङला बोया जाने कच्ची सडक पूर्णरुपमा अवरोध भएको छ । 

त्यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ सिद्धापाईलास्थित सुर्खेत दैलेख सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ । 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।