Logo

छुट्टाछुटै स्थानमा पोखरीमा डुबेर मृत्यु 



सिरहा : लहान नगरपालिका-१९ नौडेगा बस्ने शोभित सदायको ५ वर्षीय छोरा आदे सदायको सोमबार दिउँसो सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको छ । 

त्यसैगरी सप्तरी, महदेवा गाउँपालिका-४ बलियाटोलस्थित भगवती मन्दिरको पोखरीमा आफ्नै आमासँग नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने मो।मुस्ताकको ५ वर्षीय छोरा मो।ईसराइलको सोमबार दिउँसो मृत्यु भएको छ । 

त्यसैगरी पर्सा, पकहामैनपुर गाउँपालिका-४ खेस्राहा बस्ने ६५ वर्षीय सिताराम माझीको सोही ठाउँ लोहार ठकरीस्थित माछा पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ५ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।