कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजार डेरा गरी बस्ने गुल्मी मदाने गाउँपालिका-५ सिमलटारी घर भएकी ३० वर्षीया सिता परियारको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । घरको छतमा फोन गरिरहेको अवस्थामा नजिकैको विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया