Logo

मदन भण्डारी राजमार्गमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध



मकवानपुर । मदन भण्डारी राजमार्गको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा  त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।  

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।