Logo

समाचार

 चीनको हेनान प्रान्तमा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकार दु:खी 



चीनको हेनान प्रान्तमा आएको बाढीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारले दु:ख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार ट्विटरमार्फत दु:ख व्यक्त गरेको हो । 

मन्त्रालयले भनेको छ, “चीनको हेनान प्रान्तमा आएको बाढीका कारण भएको अमूल्य जीवन र भौतिक क्षतिबाट हामी दुखित भएका छौं । चीन सरकार र चिनयाँ नागरिकप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना ।” 

हेनान प्रान्तमा आएको बाढीमा करिब ३३ जनाभन्दा बढीको मृत्यु भएको छ भने ७ सात जना अझै बेपत्ता छन् । चिनियाँ सञ्‍चारमाध्यमका अनुसार बेपत्ताहरुको खोजी भइरहेको छ । उक्त बाढीबाट सयौं हजार मानिसहरु विस्थापित भएका छन् भने १.२२ बिलियन  युआन बराबरको क्षति भएको छ । 

 

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ११ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।