Logo

विभिन्न स्थानमा पहिरोमा पुरिएर मृत्यु तथा सडक अवरोध   



पाँचथर : हिलिहाङ गाउँपालिका-५ सुभाङस्थित मध्यपहाडी लोकमार्गको भित्ता साईडमा ग्याबिन भर्ने काम भईरहेको ठाउँदेखि अन्दाजी १५ मिटर माथिबाट बिहीबार दिउँसो पहिरो झर्दा सोही पहिरोमा पुरिएर रसुवा कन्ट्रक्सनका कामदार आठराई गाउँपालिका-५ छातेढुंगा बस्ने २७ वर्षीय टिका मोक्तानको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमरपुर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घटनास्थलमा उनको शव फेला पारेको हो । 

त्यसैगरी बाग्लुङ, बाग्लुङ नगरपालिका-७ बोक्से खाल्डोस्थित बाग्लुङ-बुर्तिवाङ सडकखण्डमा लेदो माटो आई सडक पूर्णरुपमा अवरोध भएको भएको भन्ने खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय बागलुङबाट प्रहरी टोली खटी गई बाटो खुलाउने पहल भइरहेको छ । 

त्यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-४ जल्केनीस्थित जलकेनी माबिको कार्यालय कम्पाउण्ड पर्खाल बिहीबार दिउँसो लडेर तथा २ वटा कक्षाकोठा जोखिममा हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने डिकराज राईको घरमा पहिरो झरेर उनकै मतान पहिरोले पुरिँदा करिब ४ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

त्यसैगरी कैलाली, भजनी नगरपालिका-८ स्थित अबिरल बर्षाको कारण बिहीबार राति काँडा नदीमा पानी बाहव बढ्दा सोही ठाउँस्थित काडाढीक गाउँको २५ घरधुरीमा पानी पसेर २५ घरधुरिका मानिस तथा चौपायलाई सुरक्षित स्थानमा सारिएको छ । साथै सोही नगरपालिका-५ स्थित कान्द्रा नदीको पानीको बाहब बढेर सोही नगपरालिकास्थित लखैया, कुटी, लौबस्तीमा समेत पानी पसेको छ । 

उक्त स्थानहरुमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उद्दार कार्य गरिरहेको छ । 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  २ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।