Logo

कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने



गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् ।
 
कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन् ।
 
गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिष्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेकोे करिष्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहित घरबास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिएका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।