Logo

मौसम : न्यूनचापीय रेखा दक्षिणतर्फ, ठूलो पानी पर्ने सम्भावना कम



 शनिबार र आइतबार ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् । पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

आउने सोमवार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उनले बताए । सोमवार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार ०६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।