Logo

गण्डकीमा थप ६२ जनामा कोरोना संक्रमण



गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा आइतबार गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  २ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।