Logo

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित



जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् ।

केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकि छिन् ।

भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय बेहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । 

प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार  ११ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।