Logo

यस्ता आकर्षक फिचर्सयुक्त होण्डा सिबिआर ६०० नेपाली बजारमा



होण्डा ६०० आर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले होण्डा सिबिआर ६०० आर आरलाई नेपाली बजारमा भित्र्याएको हो । 

कम्पनीका अनुसार ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आरमा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रतिघण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४ लाख ५०,००० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  २ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।