Logo

अन्तर्राष्ट्रिय

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु



एजेन्सी । मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।  सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् । 

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १० : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।