Logo

शेयर बजार

साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो दिन अर्थात आइतबार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३७ अंकले घटेर १हजार ५ य ७६ दशमलव २७ बिन्दूमा रोकिएको छ । 

आज दिनभर कारोबारमा आएका १९३ कम्पनीको ९१ लाख २३ हजार ४ सय ५१ कित्ता सेयर बिक्रि हुँदा २ अर्ब ३५ करोड १३ लाख १० हजार ८ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको हो । यो दिन आइसिएफसि फाइनान्स, जानकी फाइनान्स र रिणी हाइड्रोपावर कम्पनीहरुले अरुको तुलनामा केही बढी कमाएका छन् । 
त्यस्तै आजको दिनमा १२ वटा समूहको उपसूचक मध्य फाइनान्स १७ दशमलव ५० अंकले बढेको छ भने बाँकी सबै ओरालो लागेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ०९ बजे