Logo

समाचार

रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते



काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ तल्लो सेरा भन्ने ठाउँमा प्रहरीको भ्यान दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना भएको हो ।

लु १ झ ६६० नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका रोल्पाको सुनिल स्मृति गाउँपालिका २ का प्रहरी जवान लक्ष्मण पुनको टाउकोमा चोट लागेको थियो । उनको बाँके कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, गाडी चालक प्रहरी हवलदार कुमार सिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती मगर घाइते भएका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : ०४ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।