Logo

प्रमुख समाचार

कलंकीको खसी बजार हटाउन बालेनको निर्देशन



वातावरणीय प्रदूषण बढाएको भन्दै काठमाण्डौं महानगरपालिकाले कलंकीस्थित खसी बजार हटाउन निर्देशन दिएको छ ।

मेयर बालेन्द्र साह (बालेन) निर्देशनमा महानगरले बिहीबार एक सूचना जारी गर्दै काठमाण्डौं –१४ मा पर्ने खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा हाल खसी बजार सञ्चालनमा छ । नदी प्रदूषित भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएकाले खसीबजार हटाउन लागिएको सूचनामा उल्लेख छ ।

केही दिनअघि सो क्षेत्रका स्थानीयले खसी बजार हटाउन माग गर्दै महानगरमा सामूहिक निवेदन दिएका थिए । व्यवसायीलाई १५ दिनभित्र वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ११ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।