Logo

ओलम्पिक : पदक तालिकामा जापानको अग्रता



जापानको टोक्योमा जारी ओलम्पिकमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कायम छ ।

जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकाले ९ स्वर्ण, आठ रजत र आठ कास्य हात पारेको छ भने चीनले ९ स्वर्ण, पाँच रजत र आठ कास्य प्राप्त गरेको छ ।

यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथौं स्थानमा छ ।

यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन्। तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिइसकेका छन् । 
परियारले महिला १० मिटर एयर राइफल, भट्टले जुडोको महिला ४८ किलो तौल समूह तथा शाहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये कल्पना र एलेक्सले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

टोकियो ओलम्पिकमा अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। सिंहले बुधबार तथा चौधरीले शुक्रबार खेल्नेछन् ।

 

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ७ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।