टोक्यो
ओलम्पिकमा स्वर्ण पदक जित्ने बरमुडा सबै भन्दा सानो मुलुक बनेको छ ।
टोक्यो ओलम्पिकमा मंगलबार बरमुडाकी एथलेट फ्लोरा डफीले ट्रयाथलोन प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन् । यससँगै ओलम्पिकमा स्वर्ण पदक जित्ने बरमुडा विश्वकै सबैभन्दा छोटो मुलुक बनेको हो ।
बरमुडाको जनसंख्या जम्मा ६३ हजार छ ।
ट्रायथलोन प्रतिस्पर्धामा ५ सय मिटर पौडी खेलेर, ४० किलोमिटर साइकल चलाएर र १० किलोमिटर दौडेर पूरा गर्नुपर्ने हुन्छ ।
चौथौँपटक ओलम्पिकमा भाग लिएकी डफीले १ घण्टा ५५ मिनेट र ३६ सकेन्डमा प्रतिस्पर्धा पूरा गरेकी थिइन् ।
यसअघि बरमुडाले १९७६ मा बक्सिङमा काश्य पदक जितेको थियो । त्यसयता टोक्यो ओलम्पिकमा उसले पहिलो पदक हात पारेको छ ।
प्रतिक्रिया