नयाँ दिल्ली
भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको बाराबंकीस्थित यात्रुबाहक बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
बाराबंकीस्थित रामसनेहीघाट नजिक मंगलबार राति रोकिइराखेको यात्रुबाहक बसलाई ट्रकले पछाडि ठक्कर दिएको थियो । दुर्घटनामा दर्जनौं यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको भारतीय सञचारमाध्यमले जनाएको छ ।
हरियाणाको पलवलबाट बिहारतर्फ आउँदै गरेको बसमा लगभग १४० यात्रु सबार रहेको बताइएको छ । उनीहरू अधिकांश मजदुर थिए ।
एक्सल भाँचिएर सडक छेउमा रोखिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतक मजदुर बिहारको सितामढी, दरभंगालगायतका स्थानका रहेका बताइएको छ ।
प्रतिक्रिया